दफा ४६
कानूनी व्यक्तिको व्यवस्थापन तथा सञ्चालन

(१) कानूनमा अन्यथा उल्लेख भएकोमा बाहेक कानूनी व्यक्तिको व्यवस्थापन तथा सञ्चालन त्यस्तो व्यक्तिको विधानमाव्यवस्था भए बमोजिम र त्यस्तो व्यवस्था नभएकोमा एक वा एकभन्दा बढी सङ्ख्याका सञ्चालकबाट हुनेछ ।
(२) उपदफा (१) बमोजिम सञ्चालकबाट भएको व्यवस्थापन तथा सञ्चालनको लागि कानूनी व्यक्ति जिम्मेवार हुनेछ ।